अभिनेत्री निरुता सिंह बैबाहिक जीवनमा बाँधिइन

काठमाडौं, १६ भदौं । अभिनेत्री निरुता सिंह बैबाहिक जीवनमा बाँधिएकी छिन् ।
हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग बिबाह गरेकी हुन ।
उनले सो जानकारी आफैले सामाजिक सञ्जालवाट दिएकी हुन । दक्षिणा, आफान्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः
मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘।
तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…