आज कति छ त सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ थियो

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…