सिन्धुलीमा सर्पले डसेर ६५ वर्षीया वृद्धाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ ।दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको बुधबार दुधौली सर्पदंश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालका अनुसार सर्पले डसेपछि जानुकीलाई उनकी बुहारीले अस्पताल पुर्याएकी थिइन्। अस्पताल पुर्याइएको केहीबेरमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
डिएसपी दाहालका अनुसार उनको दाया हातको साइली औँलामा सर्पले डसेको थियो। मृतक जानुकीको शव उनका आफन्तले बुझिसकेका छन्।
Facebook Comments Box

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…