अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार

अछाम । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।रासस
Facebook Comments Box

निर्वाचन व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
November 28, 2023
काठमाडौं- एसियाका निर्वाचन व्यवस्थापन सम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौंमा दुई दिने…