कपिलवस्तुजिल्ला ट्राफिकप्रहरी र लेखापालको असुली गर्ने अखडा बन्दै

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुबंरले आइजिपी भए पछि मात्रै होइन डिआइजी भएर मधेस प्रदेश गएपछि एउटा नीति अगाडि सारेका थए दरबन्दीमा हाजिर हुने । उनले यो अभियान मधेस प्रदेशमा बसेको अबधिमा एकादुई बाहेक पुरा पनि गरे । पछि संगठनको नेतृत्वमा पुगेपछि त्यसलाई झनै कार्यान्वयनमा लैजाने अभियान पनि चाले । मातहतका सबै प्रदेश प्रमुख र कार्यालयहरूमा परिपत्र पनि गरे । तर पनि उनको त्यो नीति भने मातहतका कार्यालय प्रमुखहरूले कार्यान्वयन गरेको देखिदैन । अहिले पनि जिल्ला जिल्लामा काजमा बस्ने मात्रै होइन काजमा बसेर कार्यालय प्रमुखलाई चाकडी , चाप्लुसी , कुरा लगाएर मात्रै होइन रकम बुझाएर राम्रो अतिरिक्त आम्दानी हुने थाना चौकीमा जाने र तस्करी गराएर अकुत्त सम्पत्ति कमाउने क्रम रोकिनुको सट्टामा झनै बढेको छ । यस्तो क्रम भारतीय सीमा जोडिएका जिल्ला र ट्राफिक प्रहरीमा बढि मात्रामा देखिएको छ । कपिलवस्तु जिल्लामा पनि यस्तो क्रम चलिरहेको छ। लेखापाल भएर ६ बर्ष मस्ती गरेका सई केशव बस्नेतलाई लेखापालबाट हटेपछि दरबन्दीमा रमाना गर्नुपर्नेमा उल्टो कपिलवस्तुको सई दर्जाका लागि सबैभन्दा अतिरिक्त आम्दानी हुने चौकीको प्रमुख बनाएर पठाइएको छ ।काठमाडौं दरबन्दी भएका उनलाई लेखापालबाट हटेपछि दरबन्दीमा पठाउनु पर्नेमा झन् अतिरिक्त आम्दानी हुने इप्रकामा पठाइएको छ। लेखापाल हुनका लागि पाँच लाख सम्म घुष दिने चलन अहिले पनि नेपाल प्रहरीमा छ । लेखापाल भएको कारण एकाध बर्षमा राम्रा शहरमा घर घडेरी जोड्ने , बच्चालाई राम्रो र महंगो बोर्डिङमा पढाउने हैसियत लेखापाल भएको कारण नै सम्भव भएकोले लेखापाल हुन लाखौं खर्च गर्ने हुदै आएको छ। लेखापालबाट हटेपछि फेरि अतिरिक्त आम्दानी हुने चौकीमा पठाउने काम पनि रकमकै लेनदेनमा हुने गर्दछ । केशव बस्नेत पनि ६ बर्ष लेखापालबाट हटेपछि उनलाई बहादुरगंज इलाका प्रहरी कार्यालय पठाइएको छ।
कपिलवस्तुका नाकाहरूबाट महिना दिन यता देखि तस्करी मौलाएको छ । सरकारले राजश्वको दबाब झेलिरेहका बेला जिल्लामा खुलेआम तस्करी भइरहेको छ । सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सहयोगमा तस्करी शुरू भएको खुलेको हो । नेपाल प्रहरीको सेटिङ र संरक्षणमा ठूलो तस्करी चलेको छ । बहादुरगञ्जसम्म मोटरसाईकल मार्फत तस्करी गराउने र बहादुरगंजबाट दाङ, प्युठान, बुटवल जाने बसमा अर्डर अनुसार पठाउने गरिएको छ । बहादुरगंजमा प्रहरी कै ड्युटी अगाडिबाट बसमा लोड हुन गरेको छ । भारतीय बजार बढनी, कोटीया, शोहतगढ, जस्ता ठाउँबाट सामान किनेर नेपालमा तस्करी गराउँदै आएका छन् । बहादुरगञ्जका दिलिप गुप्ता, श्रीकान्त गुप्ता, सत्यनारायण गुप्ता र सन्तोष गुप्ता संलग्न छन् । यूरिया मलको पनि तस्करी बढेको छ । यस्तो तस्करीमा बहादुरगञ्जका उमेश गुप्ता, सत्यनारायण गुप्ता, नवल गुप्ता, सन्तोष गुप्ता, देवानगढियका हरिराम यादब लगायत संलग्न छन् । कपिलवस्तु जिल्ला प्रहरी मातहत सई दर्जाको लागि सबैभन्दा मालदार र राम्रो मानिने इलाका प्रहरी कार्यालय बहादुरगंजबाट पनि तस्करीको सेटिङ हुदै आएको छ। सीमावर्ती इप्रका नभए पनि सीमावर्ती क्षेत्रबाट तस्करी भएर आउने जतिपनि सामान हुन्छन् त्यो सामान यही इलाका प्रहरी कार्यालय मातहतबाट हाइवे हुदै अन्यत्र जाने गर्दछ । सीमावर्ती क्षेत्रबाट भएको तस्करीका सामान पक्राउ गर्नुपर्नेमा नगरी सेटिङमा नै छोड्ने गरेको समेत खुलेको छ । यहाँ खटिने सई जिल्ला प्रहरी प्रमुखलाई टेण्डर हालेर जाने मात्रै होइन महिनावारी रकम त्यो पनि कबोल गरेको दिनुपर्ने प्रचलन रहिआएको छ।

डिलाइट बहुउद्देश्यीय सहकारीमा ब्याजदर आतंक,यसरी ठगिदै बचतकर्ता र ऋणी
November 28, 2023
काठमाडौं। ललितपुरको जावलाखेल चोकमा केन्द्रीय कार्यालय रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाले ब्याजदर आतंक नै मच्चाएको संस्थामा आवद्ध सर्वसाधारणहरुले बताउने गरेका छन्।…