कारबाहीको सूचीमा रहेका डिएसपी चर्तुभुज ओझालाई लैनचौर वृत्तको जिम्मेवारी ?

काठमाडौं । स्थानीय तहको निर्वाचन राम्रोसँग सम्पन्न गर्न नसकेको भन्दै कारबाहीको सूचीमा रहेका डिएसपी चर्तुभुज ओझालाई लैनचौर वृत्तमा सरुवा गरेर पुरस्कृत गरिएको छ । विपक्षीमाथि चरम दमन गरेको र बाजुराको बुढीगंगा नगरपालिकामा ज्यान जाने गरी सुरक्षा व्यवस्था कमजोर बनाएको भन्दै उनलाई कारबाही गरिएको थियो ।निर्वाचन आयोगले पनि बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपेन्द्रराज पौडेल र डिएसपी ओझालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, उनै ओझालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको दबाबमा लैनचौर पठाइएको स्रोतले जनाएको छ ।
उनी बाजुरामा रहेका बेला अखिलका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या भएको थियो । तत्कालीन समयमा हत्यारा पनि फरार रहेका थिए । कोहीलाई युवासंघका नेताहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । ‘कार्यक्षेत्रमा निकै कमजोर रहेका डिएसपी ओझालाई ठमेल जस्तो संवेदनशील क्षेत्रको सुरक्षामा खटाइएको छ’ ।गत वर्षको वैशाख ३० गते भएको मतदान कार्यमा सिडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरेका थिए । निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने ठहर गर्दै आयोगले उनीहरुलाई कारबाही गरेको थियो ।डिएसपी ओझा जहाँ बसेपनि विवादमा आउने प्रहरी अधिकारी हुन् । बाजुराभन्दा अघि रौतहटको इप्रका गरुडामा बस्दा पनि उनी विवादित बनेका थिए । गरुडामा एक अपहरण प्रकरणमा उनी विवादमा आएका थिए । यस्तै विवादितहरूले परिसरमा कब्जा जमाइरहेका छन् ।
विगतमा काजमा आएका पवन भट्टराई अहिले सरुवा भएको स्थानमा पनि नगई बसेका छन् । दुई वर्षदेखि काठमाडौं परिसरमा काजमा रहेका डिएसपी भट्टराई गत वर्षको माघ १९ गते प्रहरी हेडक्वाटरले इटहरीमा दरबन्दी कायम गरेर सरुवा गरेको थियो । तर, भटराई इटहरी जान नमानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत डिएसपी माधवप्रसाद काफ्लेलाई पठाइएको थियो ।अहिले पनि उनको सरुवा रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल शाखामा भएपनि उनी रात्रीकालिन डिउटी गर्ने भन्दै परिसरका बसेका छन् ।

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…