माझँगावामा घुमुवा प्रहरीको सहयोगमा व्यापक तस्करी

रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको ईलाका प्रहरी कार्यालय माझँगावाका घुमुवा प्रहरी सहायक हवल्दार अनिरुद्ध यादवले त्यस क्षेत्रमा व्यापक असुली मच्चाएका छन् । अहिले भर्खर सरुवा भएर आएका प्र नि हिमनाथ घिमिरेले सुरुका केही दिन कडाइ गरे पनि आहिले प्रनी खासै फिल्ड तीर ननिस्किने त्यसकै फाईदा उठाउँदै प्र नि लाई गुमराहमा राखी अहिले घुमुवाहरुले व्यापक असुली मच्चाएका छन् । पहिलेका प्र नि पंकज चुदलिको कार्यकाल भर प्र स ह अनिरुद्ध यादव मात्र असुली गर्ने गर्दथे तर आजकाल सदानन्द र अनिरुद्ध यादव दुवै जना घुमुवाहरुले असुली गर्ने गरेको कारण मर्कामा परेको स्थानिय एक व्यापारीले भने । उक्त क्षेत्रबाट खसी बोका , कस्मेटिक . गाल्ल , चिनी , कपडा , हार्डवेयर , किराना समान , आलु प्याज , गाई भैंसी मोटरपर्टस् र अरु मुख्य भन्सार नाकाबाट पास हुन नसकेका समान यही एरियाबाट सेटिङमा पास हुने गरेको छ ।
भारतबाट नेपाल छिराए बापत घुमुवा अनिरुद्ध यादवले व्यापारीसंग मोटो रकम असुली गरी रहेका छ्न् । ई प्र का माझगवामा कार्यरत एक जना प्रहरी कर्मचारीले नाम नबताउने सर्तमा भनेका छन् कि निज अनिरुद यादव यस कार्यालयमा आए देखि नै घुमुवाको रूपमा परिचालित छन् अरु प्रहरी कर्मचारीहरु दैनिक तोकिए भन्दा बढी डियुटी गर्न परिरहेको छ। त्यसै गरी ई प्र का माझँगावा मातहतमा रहेको प्रहरी चौकी मर्यादपुरका प्र स नि दिनेश परियार लाई यस्तै तस्करी भएको व्यापक जनगुनासोको कारण भ्रष्टाचार र तस्करीमा शुन्य सहनसिलता अपनाउने  एसपी भारत बहादुर  विकले केही दिन अगाडि बद्ली गरी अर्का प्र स नी राजेन्द्र रावललाई पठाएका छन् तर विगत लामो समय देखि नै त्यस चौकीमा घुमुवा बसेका प्र ज राम ब थापा अहिले पनि सोही स्थानमा कार्यरत छन् । कार्यालय प्रमुखको सोझोपनकोको फाईदा उठाउँदै घुमुवा थापाले आफै तस्करहरुसंग डिल गर्ने गर्छन् । उक्त प्रहरी चौकी मर्यादपुरको मुख्य नाकाहरु टिल्लोकपुर , मुर्दहियघट , कर्बलहा आदि मुख्य नाकाबाट खुखुर गल्ल खसी बोका, किराना चीनी कपडा आलु प्याज विषादी युक्त माछा फलफूल इलेक्ट्रनिक उपकरण मोबाइलका पार्ट पुर्जा आदि समान भारतबाट नेपाल छिराए बापत घुमुवा थापाले मोटो रकम असुल्ने गरेका छन् । एक जना सर्वसाधारणका अनुसार घरायसी प्रयोजनको लागि समान ल्याँउदा समेत घुमुवा राम वहादुर थापाले रकम माग्ने गरेका छन् । एक चीनी व्यापारीका अनुसार निज राम ब थापाले रकम माग्ने अनि नदिएको खण्डमा जबर्जस्ती खल्तीबाट खोसेर लिन्छन् । अहिले ई प्र का माझँगावा घुमुवा प्र स ह अनिरुद्ध यादव र प्रहरी चौकी मर्यादपुरका घुमुवा राम ब थापा एक आपसमा सल्लाह गरी ब्यापारीसंग भेट्ने गरेका छन् कुनै व्यापारी आयो भने पहिले ई प्र का को घुमुवालाई भेट्ने अनि बल्ल चौकीको घुमुवालाई भेट्ने नियम बनाएका छन् । अहिले तिल्लोकपुरघाटबाट कपड़ा व्यापारीहरु सुबास मौर्य र राधेश्यामको यी दुई घुमुवाको सहयोगमा ठूलो मात्रामा दैनिक ५० औं लाखको कपडा भारतबाट नेपाल तस्करी भई रहेको छ ।

Facebook Comments Box
TOP