ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु, एक घाइते

सिड्नी । अस्ट्रेलियाको सिड्नी नजिक स्थानीय समय अनुसार शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना अस्पतालमा भर्ना भएका छन् ।स्थानीय समय अनुसार बिहान ६ बजे बोटनी बेको हेडल्याण्ड बाहिर दुईजना मानिस पानीमा डुबेको रिपोर्टलाई आएको न्यू साउथ वेल्स वाटर पुलिस कार्यवाहक सुपरिटेन्डेन्ट सिओभान मुनरोले जानकारी दिइन् ।डुङ्गाबाट दुई पुरुष व्यक्तिलाई उद्धार गरिएको थियो,’  मुनरोले भनिन्, ‘ती मध्ये एकको मृत्यु भएको पुष्टि भएको थियो। प्रारम्भिक रिपोर्टहरूमा एक ह्वेलका कारण डुङ्गा पल्टेको हुन सक्ने पाइएको छ ।’  डुङ्गालाई बरामद गरिएको र अब त्यसको फोरेन्सिक परीक्षण हुने मुनरोले बताइन्।रासस

Facebook Comments Box
TOP