मुगुमा स्याउ नै फलेनन्, फलेका पनि रोगले ग्रस्त

दान बहादुर बुढा 
मुगु । हिमाली जिल्ला मुगुमा वर्षातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । गत चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमि आएको हो । असिनाले जसोतसो जोगिएर उत्पादन भएका फलमा समेत दाना काला हुने समस्या देखिएको छ । त्यसमा पनि स्याउको स्वादिलोपन नै हराएको छ । यस्ता समस्याले किसानको आम्दानीमा नै ह्रास आएको छ ।मुगुवासीको आम्दानिको मुख्य स्रोत मध्येको एक बन्दै आएको स्याउ खेती गर्त बर्ष भन्दा यो बर्ष उत्पादनमा निकै कमि आएको छ । परम्परागत खेति आलु ,कोदो,जौ बाट राम्रो आम्दानि नहुने भए पछि एक दशक यता यहाँका अधिकांश किसानले स्याउ खेति गदै आएका छन् । पछिल्लो समय राष्ट्रिय सडक सञ्जाल जोडीए पछि ताल्चा, पिना , रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम लगाएतका वासिन्दाको आम्दानिको स्रोत नै स्याउ खेती हो । तर गर्त बर्षभन्दा यो बर्ष स्याउ उत्पादनमा कमि आए पछि दैनिकी कसरी चलाउने भन्ने चिन्तामा छन् उनीहरु ।
यहाँ किसानले हरेक बर्ष औषतमा ६ देखि ७ लाख रुपैयाँ आम्दानी स्याउ बेचेरै गर्दथे । तर यसवर्ष आन्दानी घटेर २ लाख रुपैयाँमा खुम्चिएको छ । मुगुमा गत बर्ष ११.३ हेक्टरमा स्याउ उत्पादन भएको थियो भने यो बर्ष ९.५ हेक्टरमा स्याउ उत्पादन भएको छ । गत बर्षको रेकर्ड अनुसार ३ सय २१ मेट्रिक टन जिल्ला बाहिर स्याउ निर्यात हुदा प्रति के.जीको रु ३५ का दरले १ करोड १२ हजार भन्दा बढी रुपैया कृषकहरुले हात पारेका थिए । तर यो बर्ष अहिलेसम्मको रेकर्ड हेर्दा स्याउ निर्यातबाट २९ लाख ६० हजार रुपैयाँ मात्रै आम्दानी भएको छ ।
स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिलोसँग स्याउ नफल्दा घर खर्च, छोराछोरीलाई पठनपाठनमा पनि समस्या पर्ने भन्दै चिन्तित छन् । सरकारले कृषिमा करोडौं रकम खर्च त गरेको छ तर किसानलाई आधुनिक तवरले खेती गर्ने वातावरण सृजना गरेको छैन । क्षति भइहाले त्यस वाफतको रकम किसानकालागि सुनिश्चित गर्न सकेको छैन । किसानलाई यि र यस्ता सहुलीयत प्रदान नगरे कृषिमा आत्मनिर्भर बन्ने केवल सपना मात्रै हुने देखिन्छ । सरकारको यसतर्फ ध्यान जानु आवश्यक छ ।

Facebook Comments Box
TOP