साउन र भदौमा दुई अर्ब छयहत्तर करोडको चामल आयात

काठमाडौँ । चालु आर्थिक वर्षको दुई (साउन र भदौ)महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
गत वर्ष सो अवधिमा सात अर्ब ५८ करोड १२ लाख ५७ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । दुई महिनामा सबैभन्दा धेरै दुई अर्ब ७६ करोड २१ लाख छ हजार रुपियाँ बराबरको दुई लाख ५३ लाख हजार ३२२ क्विन्टल चामल आयात भएको छ ।
एक अर्ब ६४ करोड ५८ लाख १९ हजार रुपियाँ बराबरको चार लाख ६२ हजार ५८४ क्विन्टल मकै आयात भएको तथ्याङ्क छ । यस्तै दुई अर्ब ९० करोड ७९ लाख ३६ हजार रुपियाँ बराबरको सात लाख ८९ हजार ८३९ क्विन्टल धान आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ५१ करोड ६५ लाख तीन हजार रुपियाँ बराबरको एक लाख २६ हजार ८२२ क्विन्टल गहुँ आयात भएको छ । यस्तै २७ लाख ५० हजार रुपियाँको जौ, १५ करोड १३ लाख ८१ हजार रुपियाँको कोदो आयात भएको छ ।
खाद्यान्नको आयात बढे पनि अन्य वस्तुको आयात भने घटेको छ । दुई महिनाको अवधिमा कच्चा भटमास तेलको आयातमा ६७.४ प्रतिशतले कमी आई दुई अर्ब ९६ करोडमा झरेको छ । यस्तै औषधीको आयातमा ३३.९७ प्रतिशतले ह्रास आई छ अर्ब ७१ करोड रुपियाँमा झरेको छ । कच्चा पाम तेलको आयातमा ६५ प्रतिशतले ह्रास आई दुई अर्ब ३१ करोड रुपियाँ सीमित भएको तथ्याङ्क छ । सुनको आयातमा १६.१२ प्रतिशतले ह्रास आई चार अर्ब ५६ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।
समाज
थप सामाग्री
आज मंसिर १४ गते बिहीबारको राशीफल : दोलखा भिमसेनले रक्षा गरुन
November 30, 2023
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ– बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ। पुराना विषयले…