कस्टमेटिक व्यावसायको नाममा राजस्व छली देखि हुण्डी कारोबार गर्दै पवन शर्मा
काठमाडौं असोज १५ । काठमाडौंको मुटु मानिने न्युरोडको मक्खन स्थित सुरज आर्केड छेउकै गल्लीमा नारी शृङ्गारका सामाग्रीहरु क्लिप-काँटा, ब्रा-पेन्टी र कस्टमेटिकको कारोबारमा जय श्री बजरङ्गबली ट्रेड्रसले व्यापक रुपमा राजश्व छली गर्ने गरेको पाइएको छ । देशकै प्रमुख व्यापारिक केन्द्र काठमाडौंको न्युरोड , मक्खन स्थित सुरज आर्केड छेउको गल्ली भित्र संञ्चालित जय श्री बजरङ्गबली ट्रेड्रसले क्लिप-काँटा, ब्रा-पेन्टी र कस्टमेटिक कारोबारमा राजश्व छली गर्नको साथै हुण्डी कारोबार समेत गर्ने गरेको पाइएको हो । कस्टमेटीक व्यावशायी पवन शर्माले सञ्चालन गरेका जय श्री बजरङ्गबली ट्रेड्रसले ठुलो मात्रामा क्लिप-काँटाको आयात र बिक्री वितरण गर्ने गरेका छन् भने उक्त आयात गरेका सामाग्रीको रकम हुण्डी मार्फत पठाउने गरेको सोर्त बताँउछ । यस्तै शर्माले चिन र भारतबाट कस्टमेटिक सामानहरु ल्याउँदा क्यारीङ सिस्टमले भरिया लगाई पैदलमार्ग समेत प्रयोग गर्दै व्यापक राजस्व छली गरेको समेत बताईन्छ । शर्माले क्लिप-काँटा र कस्टमेटिकको कारोबार गर्दा ग्राहकहरुलाई भ्याट बिल नदिई स्टमेट बिल दिनका साथै अण्डर बिलिङ्गमा क्यारिङ मार्फत् समान मगाउने गरेको समेत सोर्त बताउँछ । शर्माले सञ्चालन गरेको जय श्री बजरङ्गबली ट्रेड्रसको भ्याट नम्बर १११५१७३०७ भए पनि उनले कारोबार गर्दा भ्याट बिल नदिई अन्डर बिलिङ सिस्टम प्रयोग गर्दै ग्राहकलाई स्टमेट बिल दिई ठुलो मात्रामा राजस्व छली गरेका पाइएको हो ।
सामान आयात गर्दा भन्सार र राजश्व छल्ने, सामान बिक्री गर्दा बिल नकाट्ने गरेका शर्माले आय करसमेत ठुलो मात्रामा छली गरेको स्रोतको दावी छ । न्युरोडको मक्खन स्थित सुरज आर्केड छेउको गल्ली भित्र पसल तथा गोदाम र आफू बस्ने घर आसपासमा समेत गोदाम राखेर कारोबार गर्दै आएका शर्माले विगत लामो समयदेखि यसरी नै राजश्व छली गर्ने गरेको बताइन्छ ।
यसरी व्यापक राजस्व छलीगरी व्यावशाय सञ्चालन गर्दै आएका पवन शर्मालाई समाचारको विषयमा वुझ्न सम्पर्क गर्दा पहिले आफू पवन शर्मा नभएको दाबी गरेभने पछिल्लो पटक आफू पवन शर्मा भएको बताउनुका साथै यस विषयमा आफूलाई जानकारी नभएको भन्दै छोरीलाई फोन दिए । शर्माका छोरी भन्दै थिईन ” यो फोन नम्बर कसले दियो प्रहरीले हो ? अब हामी तपाईंलाई पनि केश हाल्छौ ” सबै कुरा तपाईलाई भन्न जरुरी छैन, हामीले जे गरे पनि तपाँईलाई के मतलब ? भन्दै उल्टै प्रतिप्रश्न गरीन ।” यसरी व्यावसायिक हिसाबले काठमाडौंको मुटु न्युरोडको मक्खन स्थित सुरज आर्केड छेउकै गल्ली भित्र कस्टमेटिक व्यावसायको नाममा दिनदहाडै करछली देखि हुण्डी कारोबार समेत गर्दै आएका पवन शर्मालाई कहिले होला कारबाही ? यता राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व कार्यालयले कर छल्नेहरूलाई कारबाही गरिने बताएको छ ।
समाज
थप सामाग्रीपाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
October 14, 2024
1.6kViews 327 Shares Share on Facebook Share on Twitter धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म…