देउरालीका अध्यक्ष चौलागाईं भन्छन : दशै पछाडिबाट बचतकर्ताहरु रकम फिर्ता गरि विजयको माला लगाँउछु”

देउरालि सहकारीका अध्यक्ष चौलागाईं भन्छन् :  म सुरा,सुन्दरी र मदिरामा कहिले लागिन त्यो मलाई चाहिँदैन पनि ,सञ्चार माध्यमले कसरी विश्लेषण गरे मैले वुझिन ।                                                                                                ललितपुर -असोज  । ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलय रहि काठमाडौं उपत्यकाको ३ ठाउँमा शाखा   कार्यलय विस्तार गर्दै सफलताको गगन चुँम्वी शिखर छुन तल्लीन रहेको अवस्थामा विश्व महामारीको चपेटामा पर्यो देउराली बहुउद्देश्यीय सहकारी ।  विश्वमानै आर्थिक संकट परेपछि नेपालका हुँदाखाने भन्दा पनि हुनेखानी वर्गले भटाभट रकम लुकाउन थाले त्यो पनि सहकारीमा जम्मा गरेका रकम झिकी । यस्तै चपेटाको मारमा पर्यो चौलागाईंको अध्यक्षतामा सँञ्चालित देउराली बहुउद्देश्यीय सहकारी ।                                                   हाल उक्त देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको विषयमा विभिन्न समाचार माध्यमले टिका टिप्पणी गर्दै आइरहेका छन ।टीका टिप्पणी गर्नु सञ्चार माध्यमको धर्म पनि हो । तर टीका टिप्पणी गर्ने क्रममा सञ्चारमाध्यमका संञ्चालक एवम सम्पादकले वर्तमान आर्थिक स्थिति बारे वुझि टिका टिप्पणीमा उत्रिएको भए सुनमा सुगन्ध हुनेथिय‍ो  होला !   विश्व महामारीको रुपमा नेपालमा भित्रीएको कोभिड १९ अर्थात कोरोना भाईरसले विश्वको अर्थतन्त्रलाई त असर पार्योनै त्यसबाट नेपालको आर्थिक जगत अछुतो रहन नसकेक‍ो कुरा सर्वविदितै छ। यसरी देशमा आर्थिक संकट रहेका बारे आमसंञ्चार जगतलाई अवगत हुनु स्वभाविकै पनि हो ।                                      यस्तै   बिश्वमा परेको आर्थिक संकट बारे थाहा हुँदाहुँदै समाचार माध्यमले आफ्नो धर्म निभाउन कतै कन्जुस्याइँ गरेका होकि भन्छन् देउरालीका अध्यक्ष चौलागाईं । विश्व आर्थिक संकटक‍ो मार नेपालको सबैभन्दा बढी सहकारी क्षेत्रमा पर्न पुग्यो ।यस्तै आर्थिक मारबाट अछुतो रहन सकेन ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलयसहित भक्तपुर,  न्युरोड र ललितपुरको लेलेमा  समेत शाखा विस्तार गरि विगत केहीवर्ष देखि सँञ्चालित ललितपुरकै सहकारी क्षेत्रकै एक नम्बरको देउराली बहुउद्देश्यीय सहकारी ।काभ्रेका शिक्षित युवा मध्य एक चौलागाईं जसले  विगत ७ वर्ष देखि समाजसेवाका साथै  उद्योग धन्दामा नयाँ छलाङ मारेका थिए । काभ्रेका एक हुनोहार युवा व्यासायी एवम् समाजसेवी चौलागाईंको अध्यक्षतामा सञ्चालित देउराली बहुउद्देश्यीय  सहकारीले आफ्नै गति लिईरहेको अवस्थामा एकातिर बिश्वमा आर्थिक संकट छायो भने अर्को तर्फ आफ्नै सहकर्मीहरुले धोका दिए । असाध्यै सोझा ,सरलका साथै तत्काल हितैसीहरुलाई बिश्वास गर्ने स्वभावका रवीन्द्र अन्तत: आफ्नै सहकर्मीका सिकार बने ती सोझा गाईप्राणी काभ्रेको निश्चिल पानी खाएर हुर्किएका रवीन्द्रलाई के थाहा ! धोकैधोकाको शहर उनलाई यहाँ केही व्यक्ति हरुले पैसाको लागि जे पनि गर्छन भन्ने ।    धोका पनि यति सम्मकी देउराली सहकारीका ठुला बचतकर्ताहरुलाई स्थान्तरण गरि अर्कै दुईवटा सहकारी खोले यस बारे पहिलेनै विभिन्न  समाचार माध्यमबाट समाचार  प्रकाशित भैसकेको छ। यसरी विश्व आर्थिक संकट, आफ्नै सहकर्मीबाट धोका विच देउरालीका अध्यक्ष  चौलागाईं फेरि फसे ललितपुर जिल्लालाई आधार ईलाका बनाउँदै गुण्डाराज गर्दै आएका मिटरव्याजी हरुको चङ्गोलमा ! यस्ता विविध कारणले  गत वर्षदेखि आर्थिक संकटमा फसेको थियो देउराली सहकारी । सहकारी आर्थिक संकटमा फस्नु अगाडि करिव २५० जनाले प्रतेक्क्ष रोजगार पाएका थिए ।                                            चौलागाईले आफ्नो व्यापार व्यावशायको विशाल  साम्राज्य  वढाउँने क्रममा : आरआर ग्रुप अफ कम्पनी दर्ता गर्दैं त्यस अन्तरगर्त संचालन हुने गरी देउराली मल्टी पर्पोज को—अपरेटिभ प्रा.लि., श्री पूजा पोल्ट्री फार्म प्रा.लि.,देउराली प्रोप्रटिज प्रा.लि., मुन भेन्चर इन्भेष्टमेन्ट प्रा.लि.,अन्नपूर्ण डिस्टिलरी प्रा.लि., आरआर रिसर्च एण्ड डेभलपमेन्ट नामक कम्पनीहरु खडा गरी करिव १० हजार बेरोजगार युवायुवतीलाई रोजगारी दिन सफल भए भने राज्यलाई वार्षिक करोडौं रुपैया कर तिरे ।                              को हुन देउरालीका अध्यक्ष रबिन्द्र चौलागाईं  ?                                                                                         काभ्रेपलान्चोक जिल्ला साविक धुसेनी शिवालय गाविस वडा नम्बर ४ बोक्से हाल नाम परिवर्तित चौरीदेउराली गाँउपालिका वडा नम्बर ६ बोक्से स्थायी निवासी चौलागाईं काभ्रेका एक समाजसेवी , बुद्धिजीवीका देशका ठुला व्यावशायीहरु मध्य एक हुन । उनले आफ्नो जन्म स्थानमा विभिन्न समाजसेवा गरी छुट्टै पहिचान कायम गरेका छन भने उनको शैक्षिक योग्यता जापान बाट मास्टर्स डिग्री गरेको चौलागाईंले बताँउदै आएका छन ।                                यस्तोछ देउराली  सहकारीले जारी गरेको विज्ञप्तिमा :     उपरोक्त सम्बन्धमा मिति २०८० साल भदौ ३० गते बाट ललितपुरका मिटर व्याजीहरुको आदेश , उपदेश र आर्थिक प्रलोभनमा समेतमापरी विभिन्न समाचार माध्यमले समाजका केही हुनोहार व्यक्तिका साथै प्रहरी सङ्गठनलाई समेत जोडी समाचार प्रकाशित गरेको विषयमा देउराली सहकारी खेद प्रकट गर्दछ। ललितपुरका करिब ९ जना मिटरव्याीहरुले  देउराली सहकारीको करोडौं रुपैया नगद रकम, जग्गा- जमिन ,गाडी समेत गुण्डागर्दी शैलिमा आफ्नो कब्जामा लिई हाल सम्म फिर्ता नगरेकाले देउरालीका अध्यक्ष चौलागाईंले न्यायकोलागी सम्बन्धित निकायमा उजुरी गर्दाको बखत सम्बन्धित निकायले उजुरी परेका व्यक्तिहरुलाई  छलफलकालागि  बोलाउँदा उपस्थिति नभई उल्टै रकम पचाउने दाउ सहित कपोलकल्पित समाचार प्रकाशित गराँउदै आएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
TOP
Shares