नेपालमा यौन शिक्षाका कारण घरबार बिग्ररँदै :वैवाहिक जीवनमा खतराको संकेत

काठमाडौँ । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् ।
यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन्
विभिन्न एजेन्सीको सहयोगमा केहि तथ्य, यथार्थ र भ्रम यहाँ प्रस्तुत गरिएको छ ।
कति समय हुन्छ चरम सुख ?
यौन सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ मलाई मज्जा नै नआई उसलाई पुग्यो । विभिन्न सञ्चार माध्यममा राखिएका यौन सम्बन्धि कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको हुन्छ ।
यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ । तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौन समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौन सम्बन्धमा १२ मिनेटसम्म टिक्छन् सेक्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४३२ जोडी संलग्न थिए जसले २ हजारभन्दा बढी समय यौन सम्पर्क राखेका थिए । उनीहरुसँग उनीहरुको यौन जीवनको बारेमा सोध्दा एक अचम्मको तथ्य फेला परेको थियो ।
१२ मिनेट मात्रै ?
सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौन सम्पर्क राख्दा केवल १२ मिनेट टिक्ने गरेको देखाएको छ । १२ मिनेट निकै कम समय भएको लाग्दछ । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्लेसहितको समय हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।
क्लाइमेक्समा १२ मिनेटभन्दा बढी समय
यौन विशेषज्ञहरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ । त्यस्तै, एक अर्को शोधले भने यौनको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ । हो, अधिकांश नेपाली महिलाहरुले यसकारण चरम यौन सन्तुष्टि लिन सकेका छैनन् ।
समयभन्दा अनुभव महत्त्वपूर्ण
कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउन सक्छ ।
यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन्
यौन मामिलामा अर्को रोचक तथ्य पनि छ । त्यो हो यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन् । हो, यौन सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन् । उनीहरु यौन सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन् । उनीहरु आफु सन्तुष्ट नभए पनि आफ्नो पाटनरसंग जुटो बोल्ने गर्छन् । उनीहरुको अक्सर जवाफ हुन्छ । हजुर मलाई मजा भयो ।
तर महिलाहरु साँच्चीकै यौनसन्तुष्टिको कारण नभइ कतिपय अवस्थामा पार्टनरको रेस्पेक्ट र उनीहरुलाई गरेको प्रेमको कारण पनि यस्तो झुटो बोल्ने गरेको अनुसन्धानले देखाएको हो ।कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने फेक अर्गाजम गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त भन्ने प्रशनको जवाफमा ति शोध अनुसन्धानले देखाएका छन् ।
१. पुरुषको अहम् : महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् । त्यसैले पुरुषको अहममा ठेस नपुगोस् भनेर उनीहरु झुट बोल्छन् । पुरुषहरु बेडमा पार्टनरलाई यस्तो भ्रमित पार्छन् कि उ नै संसारको सबैभन्दा बलबान् शक्तिशालि र यौन सन्तुष्ट दिने व्यक्ति हो । उनीहरुको यहि भावनामा डराएर, रेस्पेक्ट दिन, माया दर्शाउन महिलाहरुले आफूलाई ब्यग्र मजा नआएतापनि सन्तुष्ट भएको झुटो बयान दिन्छन् ।
२. अन्योलमा रहनु : केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन् ।
३. मूड नहुनु : महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन् । जस्तोको लामो यात्रपछि, बिरामीपछि निको भएको अवस्थामा महिनावारी नरोकिँदै, यौनांगमा कुनै घाउ भएमा वा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या आएको अवस्थामा यदि यौन सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् ।
४. नर्भस हुनु : पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् ।
५ . दबाब : कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे÷नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौन सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यो जबरजस्ती गरेर भन्न लगाउने बानीको दबाबमा उनीहरुले झुटको सहारा लिन्छन् र मज्जा आएको आभाष गराइदिन्छन् ।
आखिर साँच्चीकै शारीरिक सम्बन्धलाई सुखमय बनाउने हो ?
शारीरिक सम्बन्धले मानव जिवनमा विशेष महत्व राख्दछ । अझ वैवाहिक जीवनमा यसले निकै महत्वपूर्ण भूमिका खेल्छ । यदि आफ्नी जीवनसाथीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम महसूस गराउन सहयोग गर्नुहोस् । केही तरिका यसप्रकार छन् जसले तपाईंलाई सहयोग गर्न सक्छन् :
.फोरप्ले : चरम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौनसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चुम्बन गर्ने आदि क्रियाकलापले महिलालाई उत्तेजित बनाउन सकिन्छ । विशेषगरी, फोरप्लेले महिलालाई उत्तेजित गर्दछ जसका कारण योनिमा तरल पदार्थ आउनुका साथै योनि खुल्न पनि सहयोग गर्दछ ।
यसले यौन क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । यदि यी कुनैपनि क्रियाकलाप नगरीकन सिधै यौनसम्पर्क गर्नुभयो भने महिलालाई असह्य पीडा हुन्छ । अनि उनले माथि भनेजस्तै झुटको सहारा लिन्छिन् । अनि यदि तपाई महिला पार्टनर हुनुहुन्छ भने पुरुषलाई उत्तैजित पारेर मात्र तयार हुनुहोस् ।
२. क्लिटरिस प्ले : चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् योनिको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले योनिलाई चलाउनु अथवा मुखमैथुन गर्नाले महिलाहरु उत्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ । यसो गर्दा यौनसम्पर्कको लागि पनि सहज हुन्छ ।
३ . यौनसम्बन्धी कुराकानी : कतिपय जोडी यौनसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौनसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौन आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ । तपाई पार्टनरको लागि सबथोक बन्न तयार हुनुहोस् अनिमात्रै पार्टनरको मन बहकिँदैन ।
४. सुरक्षित सम्बन्ध : यौन कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् । यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।
बिहान उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा फाइदा हुन्छ ?
हो, मानिसको जीवनमा यौनको धेरै महत्व हुन्छ । तर जथाभावी यौन सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । हाम्रा स्कुले कोर्सहरुमा यस्ता कुराहरु समावेश छैनन् त्यसैले पनि यौनकुण्ठा पालेर बस्नेहरुको कुण्ठा विष्फोट भई विभिन्न समस्या आईपर्छ ।
तर सहमतीमा र आफ्नो खास मान्छेसँगको सम्बन्धले तपाईको जीवनमा गुणात्मक रुपमा सफलता ल्याउँछ । अधिकांश मानिसहरु राति सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।
यी हुन् फाइदा :
बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सक्नुहुन्छ ।
बिहानीपख यौन सम्बन्ध राख्दा तपाई विभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।
बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ ।
तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ
अनुसन्धानका अनुसार बिहानको साढे ७ बजे यौनसम्बन्धका लागि एकदमै उचित समय हो ।
दिउँसोभरी स्फूर्तिका साथ काम गर्न जाँगर लाग्ने गर्छ । पूनश्च इटालीमा गरिएको यस्तो अनुसन्धानले यतिबेला सेक्स गर्दा सन्तानको इच्छा राखेका जोडीलाई समेत निकै फाइदाजनक हुने बताएको छ ।

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…