भगवान श्री गणेश : रुपमा विविध भिन्नता

गणेशको रूपले के बुझाउछ ?

भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ। यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्त्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ। काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पणी गरिंदै छ।

शिर

भगवान श्री गणेशको शिर हात्तीको छ। हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ। यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडि शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफू भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफू भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।

कान

भगवान श्री गणेशका कानहरु ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ। 

नाक

भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा त्यसलाई सबैले “यो मानिसले त नाक कटायो” भन्छन् । मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ । यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने गर्छन् ।। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको लामो नाकको  स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

पेट

भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

हातहरू

भगवान श्री गणेशका चार वटा हातहरू छन्। ति हातहरूमा क्रमशः बन्चरो , लड्डु  बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।

वाहन

भगवान श्री गणेशको बाहन छुचुन्दो मुसा हो। छुचुन्द्रो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ । भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफू भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।

Facebook Comments Box
TOP
Shares