स्वास्थ्य उपचार सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल

काठमाडौं । स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीले अपिल गरेको छ ।जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको हो ।परिसरका प्रवक्ता एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी यस्तो अपिल गर्नुभएको हो । शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु भएको थियो ।
निमोनियाका बिरामी उनीहरूलाई एन्टिबायोटिक औषधि सुईमार्फत् दिएको पाँच मिनेटभित्रै दुवै जनाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।चिकित्कसकको लापरबाहीले उनीहरूको मृत्यु भएको भन्दै बिरामीका आफन्तले अस्पतालका चिकित्सकहरुमाथि हातपात गरेका थिए ।चिकित्सकमाथि कुटपिट गरेको विरोधमा चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै विरोध प्रदर्शनमा उत्रिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चिकित्सक अडान राखेका छन् ।घटनाबारे अनुसन्धान अघि बढाएको र परिसरबाट कानुनबमोजिम अनुसन्धान भइरहेकाले यसमा सहयोग गर्दै अत्यावश्यक सेवा सुचालु गर्न परिसरले आग्रह गरेको छ ।

Facebook Comments Box
TOP
Shares