गाजाको विद्यालयमा आक्रमण : ५० जना मारिए

गाजा । गाजा सहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् ।”गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो । आक्रमणपछि करिब ५० जना मारिएका छन्,” अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन् ।एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ ।-(रासस-एएफपी)
Facebook Comments Box

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…