भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग
एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँडे । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै थिइन् । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भनिन्, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो । मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लडिन् । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् । घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उनी थचक्क बसिन्। एकछिन पीडाले मीनाले दाह्रा किटिन्, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढलिन् । छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए । सासूले अर्कोपट्टि एक दिनकी छोरी राखिदिइन् । सासू सुनिता बादीका अनुसार छोराको शल्यक्रिया गरेकाले त्यति हिँडडुल गर्न सक्दैनन् । अर्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उनको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उनको परिवार भने सुत्केरी बोकेर भत्किनै लागेको घरकै बरन्डामा बस्न बाध्य छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
‘स्त्री २’ का निर्माताले नयाँ फिल्म ‘थामा’ ल्याउने
-
प्रधानमन्त्री केपी ओलीविरूद्ध अराजक अभिव्यक्ति दिनेहरूमाथि प्रहरीले बढायो निगरानी
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
भारतसँग गरिएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
-
रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने
November 5, 2024
1.3kViews 202 Shares Share on Facebook Share on Twitter बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की…