स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा

जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह गर्न थालिएको हो ।कातिक १७ गते मध्यरातमा गएको भूकम्पले जाजरकोट अस्पताल, बारेकोट, कुशे, भेरी, नलगाड, जुनीचाँदे लगायतका स्थानमा रहेका स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएका छन् । भूकम्पले स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएपछि सामान्य, जटिल रोगका विरामी ,गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।बारेकोट गाँउपालिकाको प्रशासनिक केन्द्र लिम्स प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर पूर्ण रुपमा क्षतिग्रत भएपछि प्रसुति सेवा टेन्टबाट दिन थालिएको छ । स्वास्थ्य चौकी, अस्पतालका भवन पूर्ण रुपले क्षतिग्रस्त भएपछि सवै सेवा टेन्टबाट दिन थालिएको बारेकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले जानकारी दिए ।जाजरकोट अस्पतालका फोकल पर्सन कृष्णबहादुर खत्रीका अनुसार जाजरकोट अस्पतालका ८,नलगाड नगरपालिकामा रहेको दल्ली अस्पताल ३, बारेकोट लिम्सा स्थित प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर,कुशे गाँउपालिकामा ५ वटा गरी १७ बटा भवन र शौचायल पूर्ण क्षतिग्रस्त भएका छन् ।
भेरी नगरपालिकामा ८, नलगाड नगरपालिकामा ५, शिवालय गाउँपालिकामा ३ ,छेडागाडमा ५, बारेकोटमा ४ वटा कुशे गाँउपालिकामा १३, जुनीचादे गाँउपालिकाम ११ वट गरी ६० वटा भवन आंशिक क्षति भएको खत्रीले जानकारी दिए ।
बारेकोट गाँउपालिका स्थित प्रस्तावित आधारभुुत अस्पतालले त्रिपालबाट सुत्केरी सेवा दिएको छ । बर्थिङ् सेन्टर क्षतिग्रस्त भएपछि सुत्केरी सेवा त्रिपालबाट दिएको छ । बारेकोट गाँउपालिका ३ की सुनिता वस्तेत सुत्केरी व्यथा लागेर प्रस्तावित आधाभूत अस्पताल आउनु भएकी बस्नेतले टेन्टमै छोरीको जन्म दिएकी छन् ।

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…