फिलिपिन्समा भूकम्पको धक्का : मृत्यु हुनेको सङख्या ८ पुग्यो

मनिला । दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि यकिन हुन बाँकी रहेको छ भने प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्।भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । विद्यालय भवन, सरकारी भवन, पुल, सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय क्षतिग्रस्त सडकमा यातायात सुरु गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।अपतटीय भूकम्पको झड्काले अपराह्न ४:१४ बजे ७२ किलोमिटरको गहिराइमा डाभाओ ओक्सीडेन्टलको सारंगानी सहरबाट ३४ किलोमिटर उत्तर पश्चिममा ठुलो कम्पन ल्याएको थियो ।-(रासस-सिन्ह्वा)

निर्वाचन व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
November 28, 2023
काठमाडौं- एसियाका निर्वाचन व्यवस्थापन सम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौंमा दुई दिने…