ललितपुरमा फेरि चोरी

ललितपुर । ललितपुरको एक घरमा लाखौँको चोरी भएको छ । ललितपुर महानगरपालिका-२४ धापाखेल नख्खुडोल टोल डेरा गरी बस्ने जयराम घिमिरेको कोठाबाट सो चोरी भएको हो ।घरमा कोही नभएको अवस्थामा सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…