अनलाइनबाट जुवा खेल्ने ६ जना जुवाडे पक्राउ

ललितपुर । ललितपुरबाट नेपाल प्रहरीले अनलाइन जुवा र क्यासिनो खेलाएको आरोपमा ६ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा ललितपुरको निवासी अंकित श्रेष्ठ, आमोश राई, निका राई, विजय थापा, पर्वत पुन र डेकर राई रहेका छन् ।
उनीहरूको साथबाट विभिन्न कम्पनीको ल्यापटप ६ थान, राउटर २ थान, कम्प्युटर ३ थान, मनिटर २ थान, सीपीयू १ थान र विभिन्न कम्पनीको मोबाइल १४ थान बरामद गरेको छ । अनलाइनमा जुवा र क्यासिनो खेलमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी गराएर खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…