न्याय परिषद : मुख्य न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले रिक्त रहेका ६ मुख्य न्यायाधीश पदपूर्ति गर्न ६ जनालाई सिफारिस गरेको हो । मुख्य परिषद्ले मुख्य न्यायाधीशका लागि सिफारिस गरेकाहरूमा लोहितचन्द्र शाह,माधव पोखरेल,रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यनन्द पाण्डे र शान्तिसिंह थापा रहेका छन् । शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारी, बिराटनगर, पौडेललाई, जनकपुर, पाण्डेलाई तुलसीपुर, थापालाई दिपायलका लागि सिफारिस गरिएको परिषद् श्रोतले जानएको छ । त्यस्तै नृपध्वज निरौलालाई पाटन सरूवा गरिएको छ ।
Facebook Comments Box

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर
November 28, 2023
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (१२ मंसिर २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको…