बालुवाटारमा राजनीतिक तिन हस्तीहरुको भेटवार्ता

काठमाडौं, मंसिर ५ । राजनीतिका तिनहस्तीहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको हो ।
आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियालगायत विषयमा संवाद भइरहेको छ।
शान्ति प्रक्रिया सुरू भएको आज १७ वर्ष पूरा भएको र शान्ति प्रक्रिया लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्न तीन नेताको भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
Facebook Comments Box

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…