ललितपुरमा फेरि चोरी

ललितपुर । ललितपुरको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका-१८ भैँसेपाटी विनायक कोलनी बस्ने कामेश्वर यादवको घरबाट नगद २ लाख रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हो । घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मूल गेटको ताला फोडेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर
November 28, 2023
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (१२ मंसिर २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको…