व्यापारीसँग फिरौती माग्ने दुईजना प्रहरीको फन्दामा

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर रु पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । व्यापारीसित फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दैआएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका– ३ बस्ने २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी जोशी र साउदलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट खुकुरी, चक्कु, विभिन्न कम्पनीको सिमकार्ड, मोबाइल सेटलगायतका सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

निर्वाचन व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
November 28, 2023
काठमाडौं- एसियाका निर्वाचन व्यवस्थापन सम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौंमा दुई दिने…