नेप्से सूचक ३० अंकले घट्यो, ४ अर्बको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.५४ अंकले घट्दै ३८०.५३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तर कारोबार भने आज पनि ४ अर्ब माथि (४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको) १ करोड ११ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने निजीवन बीमा समूहको उपसूचक २.७६ प्रतिशतले घटेको छ । आज चिरखावा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…