सिडिओलाई मिडियाको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।
तर उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएको थियो । त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ ।‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८० चैत ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…