विभिन्न स्थानमा चार जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा सप्तरी राजगढ गाउँपालिका-२ घर भई काठमाडौं नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय बैभव सिंह मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वता बस्ने राज किशोर महतोकी छोरी १२ वर्षीय राधिका महतो पनि आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । घटनाको थप अनुन्धानको लागि मृतकको कान्छी आमा र हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी पाल्पाको रिब्दिकोट गाउँपालिका-१ ख्यास्थित लप्सीखोला बस्ने दल बहादुर सुनारकी छोरी १८ वर्षीया पद्मा सुनार सोही ठाउँस्थित खरबारीमा मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी सर्लाहीको कबिलासी नगरपालिका-३ बिनगरास्थित पोखरीमा सोही नगरपालिका-६ जमुनिया बस्ने बिजय रायको छोरा ५ वर्षीय कृष्ण कुमार राय मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्रीगुल्मीमा मलामी बोकेको जिप दुर्घटना
April 28, 2024
1.8kViews 234 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा…