असोजमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’

काठमाडौंँ । आगामी असोजमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’ । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको फिल्ममा रहेको अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ । हरिहरको जन्मदिनको अवसर पारेर निर्माण पक्षले पोस्टर उनको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो ।

पोस्टरमा हरिहरलाई दुईवटा अवतारमा प्रस्तुत गरिएको छ । एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’ देखिएका छन् । प्रेमकथामा निर्माण भएको फिल्मको अझै केही छायाङ्कन हुन बाँकी छ । फिल्मको छायांकन मुम्बईमा गर्ने तयारी हुँदैछ ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा अभिनेता अधिकारीको कथा छ । फिल्ममा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । केही दक्षिण भारतीय कलाकारको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

Facebook Comments Box
TOP
455 Shares