दाङमा आगलागीबाट एक जनाको मृत्यु
काठमाडौँ । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ । गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यहीबेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…