इजरायलले सुरु गर्‍यो इरानमाथि हमला

काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ । इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ । परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् ।

गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाइ हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो । इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ ।

Facebook Comments Box
TOP
195 Shares