सिन्धुली प्रहरीमा प्रबिधिको सुरुवात : अब प्रहरीलाई क्युआर मार्फत सूचना दिन सकिने

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हिजो शुक्रबारदेखि क्युआर स्क्यानिङ मार्फत सूचना तथा गुनासो लिन सुरु गरेको छ। प्रहरीलाई प्रविधिसँग जोड्दै प्रहरीलाई जुनसुकै सूचना तथा उजुरी दिन सकिने गरि क्युआर स्क्यानिङ सेवा सुरु गरेको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले प्रहरीलाई सूचना तथा उजुरी क्युआर स्क्यान गरेर दिन सकिने बताएका छन ।
एसपी काफ्लेले इन्टरनेटको सुविधा भएका स्थानबाट प्रहरीको क्युआर कोर्ड स्क्यान गरि सूचना तथा उजुरी दिने व्यवस्था मिलाईएको बताएका छन ।
काफ्लेले जस्तो सुकै सूचनाहरु पठाउन सकिने र सूचना दिने व्यक्तिको पहिचान नखुलाईने बताए । प्राप्त सूचनाहरु पनि गोप्य र सुरक्षित हुने उनले बताएका छन ।
कुनै पनि गैह्र कानुनी काम, अपराधिक गतिविधिहरु काहिँ कतै भईरहेको देखेमा, सुनेमा वा जानकारी प्राप्त भएमा क्युआर स्क्यान मार्फत सूचना दिन काफ्लेले नागरिकलाई अनुरोध समेत गरेका छन ।
क्युआर कोर्ड जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अफिसियल फेसबुक पेजमा राखिने बताए । उनले फेसवुक पेजमा भएको क्युआर स्क्यान गरि प्रहरीले दिने सेवा प्रवाह तथा अन्य विषयमा रचनात्मक सुझाव, सल्लाह दिन समेत एसपी काफ्लेले सिन्धुलीबासीलाई आग्रह गरेका छन ।
क्युआर मार्फत प्राप्त सूचना, राय सुझाव, उजुरीलाई गहन रुपमा लिएर कार्यान्वयनमा लाने उनले बताएका छन ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
१ दिन अगाडि
2.1kViews 274 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- रमाइलो तरिकाले…