अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो।
सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको बताइएको छ।
सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सको स्टेट अपरेसन सेन्टरले स्थानीय समयअनुसार करिब २ः४५ बजे माछा मारिरहेका दुई जना चट्टानबाट पानीमा खसेको खबर पाएको थियो । त्यसपछि सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका अधिकारीहरू, न्यु साउथ वेल्स एम्बुलेन्सका स्वास्थ्यकर्मीहरू र मरिन रेस्क्यु पनि घटनास्थल पुगेका थिए ।
घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ। तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…