दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै

13.1kViews
381
Shares
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
भक्तपुर अस्पतालको आयोजना, मनोहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुवाकोट भक्तपुरको सहयोग एवं चाँगुनारायण नगरापालिका वडा नम्वर १ को कार्यालय र दुवाकोट स्वास्थ्य चौकीसँगको समन्वयमा मनोहरा आधारभूत विद्यालय बेसी दुवाकोटमा स्वास्थ्य शिविर हुने भएको हो ।
विशेषज्ञ चिकित्सकहरूसहितको निःशुल्क स्वास्थ्य शिविर आगामी जेठ १८ गते शुक्रवारका दिन बिहान ९ः३० बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएको छन् ।
शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान,यस्तै नाक, कान, घाँटी विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा सुगर परीक्षण, ई सिजी, एक्स-रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।
भिडियो एक्स-रेका साथै अशक्त र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ । स्त्री रोग सम्बन्धी थप उपचार वा शल्यक्रिया गर्न पहिचान भएका बिरामीलाई भक्तपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत उक्त शिविरमा रहेको आयोजकले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त निःशुल्क शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने आफूहरूले आशा गरेको भक्तपुर अस्पतालकी निर्देशक सुमित्रा गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार शिविरबाट धेरैले लाभ लिनेमा आफू विश्वस्त भएको समेत बताउनुभयो ।
Facebook Comments Box
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…