राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् ।  अर्याल यस अघि  कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए ।

बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् । यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने बताएका छन् ।

 

Facebook Comments Box
TOP
248 Shares