काठमाडौंमा रकर्ड ब्रेक गर्दै तापक्रम

केही दिनयता देशभरको तापक्रम बढिरहेको छ। बिहीबार धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो।

बिहीबार साँझ पौने ६ बजे अद्यावधिक गरिएको विवरणअनुसार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो।

काठमाडौंको तापक्रम पनि केही दिनयता बढिरहेको छ।

वैशाख मसान्तमा काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस रहेको थियो। त्यसयता तापक्रम लगातार बढिरहेको छ।

Facebook Comments Box
TOP
146 Shares