एआईए बास्केटबलमा ६६ टिम
4.8kViews
451
Shares
काठमाडौँ । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ६६ टिमको सहभागिता रहने एआईएका प्रबन्ध निर्देशक विष्णु अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने एआईएका प्रिन्सिपल खगेश्वरी गिरीले जनाएका छन् । तीन दिने प्रतियोगिताका खेलहरू शंखमुलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
Facebook Comments Box
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
2.0kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…