काठमाडौँ विश्वविद्यालयमा नेविसंघले थाल्यो रिले अनसन

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ विश्वविद्यालयमा रिले अनसन गर्दै आएको छ। विश्वविद्यालयमा अनियमितता तथा अमर्यादित कार्य भइरहेको भन्दै नेविसंघले त्यसका विरुद्धमा रिले अनसन थालेको हो। लामो समयदेखि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै आए तापनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन सुरु गरेको जनाएको छ।
लामो समय सम्मको छलफल र सहमतिको बाबजुद समस्या समाधानको प्रक्रियालाई प्राथमिकतामा नराखी मनोमानी ढङ्गले विश्वविद्यालयका सम्वेदनशील अङ्गहरू चलेको हुनाले रिले अनसन सुरु गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश थापाले जानकारी दिए। विश्वविद्यालय तथा विद्यार्थीहरूको हितका लागी विभिन्न समस्या तथा मुद्दाहरू लिएर प्रशासन समक्ष उपस्थित हुँदा समेत बेवास्ता गरेको उनको भनाइ छ।
नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कँडेल, नेविसंघले काभ्रे जिल्ला उपाध्यक्ष सौरभ थापा, नेविसंघ काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरूले अनसन थालेका हुन्।
अनसनको नेतृत्व सचिव ढुङ्गेल र स्कुल अफ इन्जिनियरिङका अध्यक्ष भट्टराईले गरिरहेका छन्। समस्याको समाधान नगरिएसम्म रिले अनसनको अन्त्य नहुने संयोजक नोएल भट्टराईले बताए । नेविसंघले विभिन्न मागहरू अघि सारेर विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको थियो । तर, माग सम्बोधन गर्नुको साटो बेवास्ता गर्दै आएको नेविसंघको दाबी छ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…