पूर्व खेलाडी गंगालाई आर्थिक सहयोग

काठमाडौँ । नेपाल महिला फुटबल संघको पहलमा क्यान्सर पीडित पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित १ लाख ५ हजार रुपैयाँ गंगालाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी गराइन् ।

महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामाले गंगालाई नगद हस्तान्तरण गरिन् । अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।

Facebook Comments Box
TOP
418 Shares