सुष्मा कोइराला अस्पतालमा जलन उपचार सम्बन्धी राष्ट्रिय तालिम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा ईन्टरर्बन र ईन्टरप्रलास्ट नेपालको प्राविधिक सहयोगमा सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा एक दिने राष्ट्रिय स्तरको जलनमा आधारभूत तालिम कार्यक्रम गरिएको छ । तालिममा सातै प्रदेशका सरकारी अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जलनको अवधारणगत पक्ष, प्राथमिक उपचार, जलन बिरामीको अवस्था पहिचान तथा व्यवस्थापन, जलन पोषण, प्रेषण र पुनर्स्थापनाको महत्त्व, विधि र व्यवस्थापन जस्ता कुरामा छलफल तथा सत्र सञ्चालन गरिएको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिए ।
तालिम ईन्टरर्बन दक्षिण एसियाका प्रमुख प्रशिक्षक डा रोजिना शिल्पकार स्वार लगायतका प्रशिक्षकहरूले अस्पतालका प्रतिनिधिहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
2.0kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…