जापानमा ‘फर्की फर्की’ को शो हाउसफुल

काठमाडौँ । अनमोल केसी अभिनीत पछिल्लो चलचित्र ‘फर्की फर्की’ स्वदेश सहित विदेशमा समेत प्रदर्शनमा आएको छ । यस्तैमा फिल्मको आइतबार जापानमा पनि प्रदर्शन भएको छ । जापानको टोक्यो सहरस्थित नाकानो जिरो हलमा साँझ ६ः ३० बजे आयोजित शोमा हाउसफुल दर्शक रहेका थिए ।

शोमा सहभागी हुन अभिनेता अनमोल केसी जापान पुगेका थिए । शोमा अनमोलसँग सेल्फी खिच्ने र उनलाई उपहार दिनेको भिड लागेको थियो । शोको आयोजना भिजोनिय कम्पनीले गरेको थियो । कार्यक्रममा अनमोल पुग्नासाथ फ्यानहरुले घेरेका थिए । कार्यक्रममा अनमोले फ्यानसँग हात मिलाउँदै, फूलको गुथा लिँदै र सेल्फी खिच्दै  कार्यक्रम स्थलमा पुगेका थिए ।

फिल्म सुरु हुनु अघि अनमोलले कोनिचिवा जापान भन्दै सम्बोधन गर्दा हल भरि ताली र सिट्ठी बजेको थियो । कार्यक्रममा जापानका लागि नेपालका राजदूत दुर्गा बहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे लगायतको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments Box
TOP
222 Shares