फिल्म ‘१२ नेपाली एक चिहान’ भदौ १४ मा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘१२ नेपाली एक चिहान’ आगामी भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक अरुण प्रदानले वितरकसँगको छलफलबाट फिल्म १४ भदौमा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिए । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विसं २०६१ साल भाद्र १६ गते इराकमा बर्बरतापूर्वक हत्या भएको थियो । तिनै १२ जना नेपालीहरूको हत्या कसरी किन भएको थियो भन्ने विषयमा फिल्म निर्माण भएको हो । फिल्मको सेन्सर समेत भैसकेको छ ।
फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रवीन्द्र झा, विक्रम सिंह, उत्तम जङ्ग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ती, प्रजा प्रधान, मिलन श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न सकिन्छ । जय हुनुमान क्रियशनको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक प्रधानकै कथा रहेको छ । फिल्मका निर्माता रबिन श्रेष्ठ, संगीता प्रधान, रबिन राई र भईसन बर्देवा हुन् ।
समाज
थप सामाग्रीभक्तपुर महोत्सव सुरु
December 13, 2024
1.1kViews 465 Shares Share on Facebook Share on Twitter भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको…