विनोद चौधरीको हल्लै बढी,काफ्लेभन्दा ११ सय जना पछाडि

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेस सांसद विनोद चौधरीले फेरि अर्को एउटा हल्ला गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्राप्त निम्तोलाई उनले ‘आफूलाई मात्र प्राप्त सम्मान’को अर्थमा प्रचार गरेका हुन् ।
उनले हिजो नयाँ दिल्लीमा आयोजित शपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारी तहमा र आफूलाई व्यक्तिगत सम्बन्धको आधारमा निम्तो प्राप्त भएको हिसाबले प्रचार गरेका थिए । सामाजिक सञ्जालमा निम्तो कार्ड सार्वजनिक गर्नुको अर्थ त्यही थियो । हिजो पौने ५ बजे सामाजिक सञ्जालमा कार्ड राखेर उनले व्यक्तिगत रुपमा प्रधानमन्त्री मोदी र उनका मन्त्रीहरुलाई बधाई दिन लागेको उल्लेख गरेका थिए ।
तर, उनले जस्तै भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपस्थित हुन पत्रकार परशुराम काफ्लेलगायत धेरै जनाले निम्तो पाएका थिए । निम्तोको प्राथमिकतालाई केलाउँदा चौधरीको निम्तो नम्बर ९५९१ नम्बर हो भने काफ्लेको ८४५३ नम्बर छ । चौधरीभन्दा झण्डै ११ सय जना अगाडि काफ्लेलाई निम्तो पठाइएको स्वतः पुष्टि हुन्छ । दुबैको कार्डमा क्याटगोरी ‘भी ३’ अर्थात भिआईपी तेस्रो दर्जाको जनाइएको छ ।
यता छोरा निर्वाण चौधरीले भने हिजो दिउँसो सामाजिक सञ्जालमा पुरानो फोटो राखेर प्रधानमन्त्री मोदीलाई बधाई दिएका थिए । पाँच वर्षअघि दिइएको बधाईको फोटोमा विनोदका अर्का छोरा पनि देखिन्छन् ।जनआस्था
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
३ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…