सेती नदीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

बझाङ —विपद उद्धारसम्बन्धी अभ्यास गर्ने क्रममा एक जना सशस्त्र प्रहरीको डुबेर मृत्यु भएको छ । सोमबार बिहान सशस्त्र प्रहरीका जवान नरेन्द्र सिं धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो । बिहान साढे ९ बजेतिर बझाङ सदरमुकाम नजिक भोपुर दरबारमा बाढीमा डुबेका व्यक्तिको उद्धारसम्बन्धी ‘डेमो’ अभ्यासका क्रममा चैनपुर साना सहरी खानेपानी आयोजनाको ट्यांकी नजिक धामी बेहोस भएका थिए । उनी नदीमा टाँगिएको डोरीको साहारामा उद्धार अभ्यास गरिरहेका थिए ।

डुबेर बेहोस भएका उनलाई त्यहाँबाट उपचारको लागि जिल्ला अस्पताल पुर्‍याइए लगत्तै अस्पताले मृत्यु भएको घोषणा गरेको थियो । मृतक धामी विपद व्यवस्थापनसम्बन्धी तालिम प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र जयपृथ्वी नगरपालिकाको टोलीले विपद उद्धारसम्बन्धी संयुक्त अभ्यास गर्ने क्रममा उक्त घटना भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए ।

Facebook Comments Box
TOP
121 Shares