मक्कामा अत्यधिक गर्मीका कारण एक हजार भन्दा बढी हजयात्रीको मृत्यु

एजेन्सी– साउदी अरबको मक्कामा सयौं हजयात्रीहरूको मृत्यु भएको छ।
हजका लागि विभिन्न देशबाट साउदी अरब पुगेका सयौं हजयात्रीहरूको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।
द न्युयोर्क टाइम्सका अनुसार शुक्रबारसम्म ४५० जना हजयात्रीहरूको गर्मीका कारण मृत्यु भएको छ। यो त्यहाँ दर्ता भए अनुसार हो।
हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ।
तर त्यसबाहेक धार्मिक कर्तव्य पूरा गर्न भनेर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र त्यसको रेकर्ड नहुने भएकाले मृतकको संख्या एक हजार नाघ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
समाचार संस्था सिएनएनका अनुसार साउदी अरब र इजिप्टले अहिलेसम्म मृतकको संख्या सार्वजनिक नगरेकाले सो संख्या बढ्ने सम्भावना छ।
मक्का जाँदा अत्यधिक तापक्रमका कारण बाटोमै पनि सयौं हजयात्रीको मृत्यु भएको बताइएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
१ दिन अगाडि
2.1kViews 274 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- रमाइलो तरिकाले…