करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौँ । सुनसरी र सप्तरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका-१ लौकी घर भई इटहरी उपमहानगरपालिका-१३ स्थित रिलायन्स फर्मा पोली प्रालि मिनिरल वाटर बोतल बनाउने कम्पनीमा काम गरी बस्ने २७ वर्षीय अर्जुन कुमार यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सप्तरीको सुरूङ्गा नगरपालिका-११ रामपुर बस्ने ५० वर्षीया उर्मिला देवी थरूनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल(भिडियो सहित)
अप्रिल 26, 2025
2.3kViews 341 Shares Share on Facebook Share on Twitter काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक…