पुलीसले चाहानु मात्र पर्छ, उ केसम्म गर्न पछि पर्दैन ? सत्य घट्नामा आधारित

पुलीसले चाहानु मात्र पर्छ, उ केसम्म गर्न पछि पर्दैन ? सत्य घट्नामा आधारित कथा पढ्नुस्, अनी आफूलाई लागेको कमेन्ट गर्नुस् ।

घटना हालैको हो, एक जना बहालवाला एसएसपीका छोरा रमाइलो गर्न साथीहरुसँग क्लव पुगेछन् । मध्यरातमा क्लवमा मात्ने पदार्थ पिएर मातिरहेका अपरिचित समूहसँग पियरै मातिरहेका एसएसपीका छोरासँग चुरोट माग्ने विषयमा सामान्य भनाभन परेछ । आफ्नो ‘इन्सल्ट’ भएको महशुस गरेकै कारण होला, आफूलाई एसएसपीको छोरा भन्दै पिएर मातेका ती बाबुले पनि आफ्ना पुलीस बाबुको धाक देखाउन थालेपछि अपरिचित साथीको समूहलाई पनि झोक चल्यो होला, भनाभनकै बीचमा एसएसपीका छोरामाथि उक्त समूहले दुई-चार मुक्का प्रहार गरेछन् । तर, घाउचोट हुने, देखिने गरी भने कुटपिट भएको होइन ।
तैपनि, पुलीस हाकिमका छोरा न परे । छोराको अडानका अगाडी बाबुको पनि के नै जोर चल्छ र ? बाबुले आफ्नो पदिय मर्यादालाई ख्याल त गरे तर, सायद दूरुपयोग । छोरो सामान्य अवस्थामा रहेको पाइएपछि उनले छोरालाई सम्झाउँदै ‘यस्ता क्लवमा गएर झैँझगडा गर्न हुन्न, एक आपसमा विवाद गर्दा घटना घट्न सक्छ’ भन्न सक्नु पथ्र्याे ।
तर, बिचरा ! एसएसपी सा’प के गरुन्, घरको मामिला । सायद श्रीमतीजीको पनि दबाब पर्यो होला । उनले आफ्नो छोरामाथि कुटपिट भएको भन्दै प्रहरीमा दोषीमाथि तत्काल कारवाही गर्न आदेश दिए । प्रहरीले पनि हाकिमको आदेश भुइमा गिर्नै दिएन । धमाधप पकडधकड सुरु गर्यो । आधा दर्जन बढीलाई अभद्र व्यवहारमा मुद्दा चलायो । यसरी मुद्दा चल्ने मध्ये कोही न हातपात, न भनाभन गर्नेहरु पनि छन् । थुनामा परेकाहरुलाई प्रहरी कार्यालयमै गएर आफूलाई पिडीत मान्ने एसएसपी सा’पका छोराले ‘देखिस् मेरो पावर’ भन्दै धाक दिन्छन् रे । बिचरा क्लवमा रमाइलो गर्न गएका उनीहरु दुई-चार मुक्काको सजाय आज झण्डै दुई हप्ता पुग्नै लाग्दा पनि थुनामै बिताउनु परेको छ ।
सायद, एसएसपी सा’पका छोरा बाहेक अरु कोहीले आफू अंगभंग नै हुने गरी कुटीएको वा रगताम्मै भएर प्रहरीमा पुगेको भए पनि सुनवाई हुँदैन होला । पिडीतको निवेदन नलिएको, सामान्य केश भन्दै फर्काइदिएको वा हातपात गर्नेलाई एकछिन थुनेर घर पठाएको अझै भनौ केश गम्भीर नै रहेछ भने पनि ५-६ दिनमा मुद्दा टुंग्याएको देखिन्छ । तर, एसएसपी सा’पका छोराले खाएको ३-४ मुकाको हिसावकिताव प्रहरीले राम्रैसँग राखेको छ ।
अझै अचम्म थुनुवा एउटा प्रहरी यूनिटमा छन्, तर त्यो यूनिटले कुटपिट घटनाको अनुसन्धान गर्न पाएको छैन । मात्र थुन्ने अधिकार उसलाई दिइएको छ । यहाँ भन्दाको प्रहरी शक्तिको दूरुपयोग अरु केही हुन्छ ? पञ्चायती व्यवस्थामा दरवारको नाम लिएर पञ्चेहरुले यस्तै गर्थे रे ! अहिले एसएसपीको बर्दी लगाएका एकजना नव पञ्चे पर्दामा देखिएका छन् । जय होस् एसएसपी सा’प ! जय नेपाल प्रहरी !
‘टिन एज’मा यसरी छाडा छोडिएको र सन्तानले जे भन्छ, त्यो पूरा गरिदिने बाबुलाई भविष्यमा त्यस्ता सन्तानबाट अझै कस्तो-कस्तो परिणाम प्राप्त हुँदै गर्ला ? त्यो आम अभिभावकले बुझ्न जरुरी छ । कुनै पनि असल अभिभावकले रातीराती रमाइलो गर्न आफ्ना सन्तानलाई छुट सायदै दिँदैनन् । त्यसमाथि पनि आफ्नो बर्दीको दूरुपयोग त एकाधले गर्लान्, अरुले त यस्ता घट्ना आफैँ अग्रसर भएर दबाउने, मिलाउने गरेका हुन्छन् । वाहा एसएसपी सा’प !?

Facebook Comments Box
TOP
349 Shares