भारतमा धार्मिक स्वतन्त्रता कमजोर रहेको अमेरिकी प्रतिवेदन : प्रतिवेदन एकपक्षीय रहेको भन्दै भारतको आपत्ति

काठमाडौं । भारतले अमेरिकी विदेश मन्त्रालयले जारी गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको प्रतिवेदन पक्षपातपूर्ण र एकपक्षीय भन्दै आपत्ति जनाएको छ ।बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले धार्मिक स्वतन्त्रतासम्बन्धी सन् २०२३ को प्रतिवेदन सार्वजनिक गर्ने क्रममा विश्वभरका मुलुकहरू धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति अग्रसर रहे पनि भारत पछि परेको जनाउनु भएको थियो । ब्लिन्केनले भारतमा घृणाजन्य अभिव्यक्ति, धार्मिक अल्पसंख्यकका पवित्र धार्मिक स्थल ध्वस्त परिएको घटनामा वृद्धि र धर्मान्तरण विरोधी कानुनलाई बढावा दिइएको भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले केही घटनालाई मात्र समेटेर पूर्वाग्रहपूर्ण तरिकाले अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन तयार पारेको आरोप लगाउनु भएको हो । उक्त प्रतिवेदन पक्षपातपूर्ण र भोट बैंकको सोचबाट प्रेरित रहेको उहाँको टिप्पणी छ । धर्मान्तरणविरोधी कानुनलाई बढावा दिइरहेको विषय उल्लेख गरेर अमेरिकी प्रतिवेदनले भारतीय अदालतको इमानदारिताप्रति समेत चुनौती दिएको भारतीय विदेश मन्त्रालयको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा मुस्लिम, क्रिस्चियनजस्ता धार्मिक अल्पसंख्यक समुदायलाई नै प्रभावित पार्ने गरी भइरहेका साम्प्रदायिक हिंसा नियन्त्रण गर्न भारत सरकार असफल भएको उल्लेख छ । सन् २०२३ मा मणिपुरमा ६ सय ८७ वटा हिंसाका घटना भएका र ५ सय चर्चमा क्षति पुर्याइएको उल्लेख गर्दै प्रतिवेदनमा ७० हजार मानिस विस्थापित भएको तथ्यांक पेस गरिएको छ । यस्तै भारतमा अल्पसंख्यक र उनीहरूको बकालत गर्नेहरूलाई पनि निशाना बनाइएको उल्लेख छ ।
प्रतिवेदनले भारतलाई निशाना बनाएर अमेरिकाले भारतविरोधी दुष्प्रचार गरिरहेको प्रवक्ता जैसवालको भनाइ छ । भारतभन्दा पनि अल्पसंख्यक विरोधी घटना अमेरिकामा बढी हुने गरेको भारतको आरोप छ । अमेरिकाले २८ देशको धार्मिक स्वतन्त्रतासम्बन्धी स्थिति सार्वजनिक गरेको हो ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
226 Shares