गायिका समिक्षा अधिकारीको `फेसनको पातलो चोली´ सार्वजनिक

काठमाडौ : चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली … ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Zeni Entertainment युटुब च्यानलबाट  उक्त भिडियो सार्वजनिक भएको हो ।
जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन ।
केशब अधिकारीको छायाँकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन  रबिन श्री ले गरेका हुन ।
‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ ।
Facebook Comments Box
TOP
273 Shares