प्रज्वल गिरीको फिल्म ‘परदेश’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । नायक प्रज्वल गिरीको फिल्म ‘परदेश’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रज्वल गिरीले फिल्म ‘परदेश’को फस्टलुक पोस्टर सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन ।

गिरीले फस्टलुक पोस्टर सार्वजनिक गर्दै लेखेका छन तिम्रो,मेरो,उस्को,हामी सबैको कथा अझभनौ हरघरको कथा‘ देश छोडेर गएका हरपरदेशीको कथा‘अनि तेही परदेशीलाई कुर्दा कुर्दै झरेका आशुका कथा ।

यो फिल्मलाई दिल कृष्ण श्रेष्ठले लेखेका हुन भने निर्देशन पनि उनले नै गरेका हुन् । फिल्मममा प्रज्वल गिरी सँगै सोनिया गिरी,आरोही गिरी,आयन गिरी,पुर्ण लम्साल,सुरेन्द्र सन्जेल,सुशान तिवारी,निमा लामा, निहाल सिंह,नयना पटेल लगायतको अभिनय रहेको छ । फिल्ममा बलान्द राईको संगित रहेको छ भने शंकर अधिकारी(घायल)को शब्द र साज सिंहको स्वर रहेको छ । यो फिल्मको सम्पूर्ण छायाँकन अमेरिकामा भएको हो ।

Facebook Comments Box
TOP
338 Shares